नियम ४३
कार्यालय प्रमुखको अधिकार प्रयोग गर्ने
(१) कुनै कार्यालयको प्रमुख बिरामी भई वा
अन्य कुनै कारणले छोटो अवधिको लागि अनुपस्थित भएमा निज मातहतको निकटतम
जेष्ठ कर्मचारीले निजको निमित्त जनाई दैनिक कार्य सञ्चालन गर्नु पर्नेछ ।
(२) रिक्त रहेको कुनै कार्यालयको प्रमुखको पदमा हालवाला नियुक्त वा सरुवा
नभएसम्मको अवधिको लागि उपनियम (१) बमोजिमको जेष्ठ कर्मचारीले सो कार्यालयको
नगदी मौज्दात, कार्यालयको छाप, कागजपत्र र प्रशासकीय काम चलाउनका लागि
चाहिने जिन्सी समेत जिम्मा लिई कार्यालय प्रमुखको काम अर्को व्यवस्था नभएसम्म
निमित्त भई गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवस्था परी काम गरेको व्यहोरा त्यस्तो निमित्त
भई काम गर्ने कर्मचारीले आफूभन्दा माथिल्ला तहमा सूचना गर्नु पर्नेछ ।
(४) कुनै कर्मचारीले कुनै पदमा कायम मुकायम भई काम गरेको वा उपनियम (
१) वा (२) बमोजिम निमित्त भई काम गरेकोमा त्यस पदमा काम गरेको अवधिको बही (
हिसाब) बुझाउने कुरामा समेत निजको उत्तरदायित्व हुनेछ ।
तर वर्षभरी बही बुझाउनु पर्नेमा हालवालाले बहाली गरिसकेको वर्षको
हालवालाले र हालवालाले बहाल नगरेको वर्षको कायम मुकायम वा निमित्त भई काम
गर्नेले बुझाउनु पर्नेछ ।